बारा प्रहरीका प्रसनि पाण्डेको कमाण्डमा ४८ लाख बराबरको मालसामान सहित ट्रक नियन्त्रणमा ।

समाचार

(बारा प्रहरीले ४८ लाख बराबरको अवैध सामान रहेको आशंकामा एक ट्रक नियन्त्रणमा लिएको जनाएको छ।)

बारा, फागुन १६। बारा जिल्लाको सिमरा स्थित इलाका प्रहरी कार्यालय (इप्रका) सिमराको टोलीले ४८ लाखभन्दा बढी मूल्यको अवैध सामानसहित एक ट्रक नियन्त्रणमा लिएको छ।

इप्रका सिमरा बाराका प्रहरी सहायक निरीक्षक (प्र.स.नि.) प्रदीप पाण्डेको कमाण्डमा खटिएको चेकिङ टोलीले फागुन १५ गते राति करिब ११ बजे बारा जितपुर सिमरा उपमहानगरपालिका–२, सूर्य नेपाल अगाडि वीरगंज–पथलैया सडकखण्डमा चेकजाँच गर्ने क्रममा उक्त ट्रक नियन्त्रणमा लिएको हो।

बीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ४३५१ नम्बरको ट्रकलाई रोकि चेकजाँच गर्दा भन्सार प्रज्ञापन पत्र नभएको पाइएको थियो। भन्सार छलिको आशंकामा ट्रकमा लोड गरिएको एरियल टाइड, वीस्वर एरियललगायतका सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद सामानहरूको कुल मूल्य रु. ४८,०६,९५२ (अठचालिस लाख छ हजार नौ सय बाउन्न रुपैयाँ) रहेको छ।

हाल ट्रक र बरामद सामानलाई इलाका प्रहरी कार्यालय सिमरा बारामा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *