वीरगन्जमा राप्रपाको आमसभा, फिल्म निर्माता श्रीवास्तवसहित सयौं नेता तथा कार्यकर्ता पार्टीमा प्रवेश

राजनीति समाचार

वीरगन्ज, फागुन २५।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शनिबार वीरगन्जको लालबंगलामा आमसभाको आयोजना गरेको छ। राजा सहितको हिन्दू राष्ट्र पुनःस्थापना गर्ने मुख्य एजेन्डासहित देशभर सभा गर्दै आएको राप्रपाले वीरगन्जमा भव्य आमसभा सम्पन्न गरेको हो।

आमसभालाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सहित शीर्ष नेताहरूले सम्बोधन गरे। सभाका क्रममा अध्यक्ष लिङ्देनले वर्तमान राजनीतिक दलहरूले देशको युवालाई आत्मनिर्भर बनाउन कुनै ठोस काम नगरेको आरोप लगाए। उनले भने, “हामीले खोजेको राजा देशको राजा हो, कुनै दलको नेता होइन। राजसंस्था भोटको राजनीतिभन्दा माथि रहने संस्था हो।”

विभिन्न दलका नेता र कार्यकर्ता राप्रपामा प्रवेश

यसै अवसरमा वीरगन्जका चर्चित नेता विमल श्रीवास्तवका भाइ नन्दु श्रीवास्तव राप्रपामा प्रवेश गरेका छन्। चलचित्र निर्माण र अभिनयमा समेत संलग्न नन्दु श्रीवास्तवलाई अध्यक्ष लिङ्देनले टीका लगाएर पार्टीमा स्वागत गरे।

त्यसैगरी, लोसपाका केन्द्रीय सदस्य चन्दन मिश्र सहित शनि गुप्ता, जटाशंकर गुप्ता, किशोर कार्की, प्रवीण सिंह, जगन्नाथ साह कानु, सुभम मिश्र, बिजेन्द्र झा, अनिश तिवारी, आनन्द साह लगायत सयौं  नेताहरू राप्रपामा प्रवेश गरेका छन्।

राप्रपाले हिन्दू राष्ट्रसहित प्रत्यक्ष निर्वाचित कार्यकारी र प्रदेश खारेजीको एजेन्डालाई अघि बढाउने बताएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *