आज राजावादी र समाजवादी मोर्चाको प्रदर्शन हुदैँ, ३५ सय प्रहरी परिचालन

राजनीति समाचार

काठमाडौं, १५ चैत । काठमाडौंमा आज राजावादी र समाजवादी मोर्चा दुवैले एकैसाथ प्रदर्शन गर्दैछन् ।

 

नवराज सुबेदीको नेतृत्वमा बनेको संयुक्त जनआन्दोलन समिति र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पहलमा खडा भएको समाजवादी मोर्चाले एकै साथ प्रदर्शन गर्न लागेका हुन् ।

 

सुबेदी नेतृत्वको समितिले व्यवसायी दुर्गा प्रसाईंलाई राजावादी आन्दोलनको कमाण्डर बनाउँदै काठमाडौंमा प्रदर्शन गर्न लागेको हो भने प्रचण्ड नेतृत्वको समाजवादी मोर्चाले पनि तीन ठाउँवाट प्रदर्शन गर्ने जनाइसकेको छ ।

 

राजावादीहरूले तीनकुनेमा प्रर्दशर्न गर्ने र समाजवादी माेर्चाले भने भृकुटीमण्डपलाइ केन्द्र बनाएका छन् ।

 

जसका कारण प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा ३५ सय प्रहरी खटाउने गरी उपत्यका प्रहरी कार्यालयले याेजना बनाएकाे जनाइएकाे छ भने  सुरक्षा कमाण्ड जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले गर्ने भएका छन् ।

 

साथै,  प्रदर्शन स्थलमा भनेएसपी अपिल बोहराले खटाउने गरी सुरक्षा ब्यवस्था गरिएकाे छ ।

 

समाजवादी मोर्चाले आज ७ स्थानवाट जुलुस निकाल्ने, भृकुटीमण्डपमा सभा:

राजावादीहरू सक्रिय भए पछि समाजवादी मोर्चाले काउन्टर दिने गरी आज काठमाडौं केन्द्रित प्रदर्शन गर्दैछन् ।

 

जसअनुसार मोर्चामा संलग्न रहेका ४ दल मध्ये नेकपा माओवादी केन्द्रले ४ ठाउँवाट प्रदर्शन गर्दैछ भने माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र महेन्द्रराय नेतृत्वको नेपाल समाजवादी पार्टीले एक एक ठाउँवाट प्रदर्शन गर्नेछन् ।

 

जसअनुसार माओवादी केन्द्रले बबरमहल, कुपण्डोल, त्रिपुरेश्वर, सोर्हखुट्टेवाट जुलुस प्रदर्शन गर्नेछ भने एकीकृत समाजवादीले मैतिदेवी डिल्लीबजार हुदैँ आउनेछ । उता, चन्द नेतृत्वको नेकपाले सुन्धारवाट प्रदर्शन गर्नेछ भने नेसपाले न्युरोड गेटवाट प्रदर्शन गर्नेछन ।

 

अपरान्ह १२ बजेवाट सुरू हुने जुलुस प्रदर्शनी मार्गमा पुगेर सभामा परिणत हुनेछ । तर, सो सभालाइ कस कसले सम्बोधन गर्ने भन्ने अझै सार्बजनिक गरिएको छैन ।
 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *