वीरगञ्जमा शंकास्पद अवस्थामा महिलाको शव फेला

समाचार

वीरगञ्ज, चैत्र १६।

वीरगञ्ज महानगरपालिका-१६, नगवा क्षेत्रमा शनिबार बिहान एक महिलाको शव शंकास्पद अवस्थामा फेला परेको छ। मृतक वीरगञ्ज महानगरपालिका-४, नर्सिङ क्याम्पस क्षेत्रमा बसोबास गर्ने अंसिया अग्रवाल रहेको जिल्ला प्रहरी कार्यालय, पर्साले पुष्टि गरेको छ।

पर्सा प्रहरीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालका अनुसार, मृतक महिलाको मृत्युको कारण अहिलेसम्म स्पष्ट हुन सकेको छैन। तर, प्रारम्भिक अनुसन्धानका क्रममा उनको कानको छेउमा र औलाहरूमा चोटपटक लागेको देखिएको छ।

मृतकको शव वीरगञ्जस्थित नारायणी अस्पतालमा पोस्टमार्टमका लागि पठाइएको छ। घटनाको प्रकृति शंकास्पद देखिए पनि अनुसन्धान पश्चात् मात्र ठोस निष्कर्ष निकाल्न सकिने प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *