स्रोत नखुलेको सात लाख रकमसहित एक पक्राउ

समाचार

काठमाडौं,२६ चैत । प्रहरीले विराटनगरबाट स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा विराटनगर महनगरपालिका-१५ का २४ वर्षीय रोहितकुमार साह रहेका छन्। वडा नम्बर ९ स्थित महेन्द्र चोकमा चेकजाँचको क्रममा सोमबार दिउँसो साहलाई रकमसहित फेला पारेर पक्राउ गरिएको मोरङका प्रहरी उपरीक्षक नारायण चिमरियाले बताए।

उनको साथबाट प्रहरीले ७ लाख १५ हजार रुपैयाँ बरामद गरेको छ। उनी रकम बोकेर हिँडिरहेका थिए।

स्रोत नखुलेको रकम हुण्डी कारोबारमा प्रयोग हुने गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *