पर्सा ,२६ चैत ।
सशस्त्र प्रहरी बल, पर्सा अन्तर्गत प्रस्तावित सीमा सुरक्षा गुल्म, अलौका डिएसपी कृष्ण पुजाराको नेतृत्वमा करिब एक लाख रुपैयाँ बराबरको अवैध कुखुराको चल्ला बरामद गरी नष्ट गरिएको छ।
क्वारेन्टाइन प्रतिनिधि, नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि तथा सञ्चारकर्मीहरूको रोहबरमा ती चल्लाहरू नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
त्यसैगरी, सोही क्रममा मोटरसाइकलसहित अन्य विभिन्न अवैध सामानहरू समेत बरामद गरिएको थियो, जसको अनुमानित मूल्य दुई लाख रुपैयाँ बराबर रहेको छ। ती सामग्रीहरू भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।
