आफ्नै छोरीलाई करणी गरेको बुवा पक्राउ

समाचार

पर्सा ,२६ चैत ।

साइबर व्यूरो काठमाडौं र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले आफ्नै छोरीमाथि करणी गरी सो सम्बन्धी भिडियोहरू Google Drive मा राखेको अभियोगमा एक व्यक्तिलाई पक्राउ गरेको छ।

National Center for Missing & Exploited Children (NCMEC) को Cyber Tipline Report 207962886 मार्फत प्राप्त सूचनाको आधारमा अनुसन्धान गर्दा, अभियुक्तले आफ्नै छोरीमाथि यौन दुर्व्यवहार गरी त्यसको भिडियो खिची आफ्नो Gmail अकाउन्टको Google Drive मा राखेको खुलेको प्रहरीले जनाएको छ।

साइबर व्यूरो भोटाहिटी र पर्सा प्रहरीले संयुक्त रुपमा २०८१ साल चैत २२ गते अपराह्न ३ बजे जिल्ला पर्सा, छपकैया निवासी अभियुक्तलाई Child Sexual Abuse Materials (CSAM) रहेको मोबाइल सहित नियन्त्रणमा लिएको हो।

अभियुक्तविरुद्ध करणी सम्बन्धी कसूर र विद्युत (इलेक्ट्रोनिक्स) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पर्सा प्रहरीका प्रवक्ता डिएसपी किशोर लम्सालका अनुसार, घटनाको गम्भीरताका कारण अनुसन्धानलाई तीव्र पारिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *