प्लस टुकाे परिक्षा नराेक्ने बाेर्डकाे निर्णय

समाचार

काठमाडौं, ९ बैशाख । कक्षा १२ को परीक्षाबारे निर्णय गर्न बसेकाे परिक्षा बोर्डको बैठकले परिक्षा सञ्चालन गर्ने निर्णय गरेकाे छ ।

 

शिक्षकहरूको निरन्तर आन्दोलनका कारण कक्षा १२ को परिक्षा अन्यौंलमा परे पछि बिहान बसेकाे बोर्ड बैठकले परिक्षा नराेक्ने निर्णय लिएकाे हाे ।

आजको बैठकले कक्षा १२ को परीक्षा सञ्चालन नराेक्ने निर्णय गरेकाे बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए ।

 

शिक्षक महासंघको आह्वानमा गत २० चैतदेखि सडक आन्दोलनमा रहेका शिक्षकहरूले माइतीघर–बानेश्वर सडक खण्डमा प्रदर्शन गरिरहेका छन्, शिक्षा ऎन जारी नभएसम्मका आन्दोलन नरोकिने उनीहरूको भनाइ कायमै रहेकाे बेला बाेर्डले याे निर्णय लिएकाे हाे । उनीहरू आन्दोलनमा नै रहेको खण्डमा प्लस टुको परिक्षा प्रभावित हुन सक्ने देखिएकाे छ । साथै, शिक्षकहरू माग पूरा नभएसम्म कक्षा १२ को परीक्षामा सहभागी नहुने अडानमा उनीहरू कायमै रहेका छन ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *