भारतीय लोकल कुखुरा र मोटरसाइकल नियन्त्रणमा: सशस्त्र प्रहरी बल पर्सा गुल्म अलौको कारबाही

समाचार

पर्सा ,१० बैशाख ।

सशस्त्र प्रहरी बल पर्सा अन्तर्गत प्रस्तावित सिमा सुरक्षा गुल्म, अलौले, लाखौं मूल्य बराबरको भारतीय लोकल कुखुरा र मोटरसाइकल नियन्त्रणमा लिएको छ।

गुल्मका डिएसपी कृष्ण सिंह पुजाराको कमान्डमा खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रतिबन्धित लोकल कुखुरा बरामद गरेको हो।

प्रहरीका अनुसार करिब ८० हजार रुपैयाँ मूल्य बराबरको कुखुरा बरामद गरी स्थानीय प्रतिनिधि तथा क्वारेन्टाइनको रोहवरमा नष्ट गरिएको छ। उक्त कुखुरा ढुवानीमा प्रयोग भएको मोटरसाइकलको मूल्य करिब १ लाख ५० हजार रुपैयाँ मूल्यांकन गरिएको छ।

गुल्मले मोटरसाइकललाई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय बुझाउने प्रक्रियामा रहेको जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *