वीरगञ्ज महानगरपालिका वडा नं. १६ निवासी सिद्वान्त प्रसाद पटेल सहित २ जना पक्राउ ।

समाचार

बारा,१६ बैशाख ।

जिल्ला प्रहरी कार्यालय, बाराले विशेष सूचनाको आधारमा प्रतिबन्धित लागुऔषध Tramadol Hydrochloride Capsules २९६५ पत्ता (जसमा प्रत्येक पत्तामा १० वटा गरी जम्मा २९,६५० ट्याब्लेट) सहित दुई जना व्यक्तिलाई पक्राउ गरेको छ।

मिति २०८२ बैशाख १६ गते दिउँसो ३:३१ बजे इलाका प्रहरी कार्यालय अमलेखगञ्ज, बाराबाट प्रहरी बरिस्ठ नायब निरीक्षक टेक बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. २१ स्थित अमलेखगञ्ज चेकप्वाइन्टमा वीरगञ्जबाट हेटौंडातर्फ गइरहेको भारतीय नम्बर प्लेटको BR05BA4817 कारलाई रोकी चेकजाँच गरेको थियो।

जाँचका क्रममा सो कारको पछाडिको सिट मुनि फल्स बटम बनाई लुकाई छिपाई राखिएको अवस्थामा प्रतिबन्धित Tramadol क्याप्सुलहरू फेला परेको हो। प्रहरीले कारमा सवार दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ परेकाहरू:
१. नितिश कुमार ठाकुर, उमेर २३ वर्ष, भारतको मोतिहारी जिल्लाको अरेराज मलाही गाउँका बासिन्दा, उक्त कारका चालक।
२. सिद्वान्त प्रसाद पटेल, उमेर २६ वर्ष, जिल्ला पर्सा, वीरगञ्ज महानगरपालिका वडा नं. १६ निवासी।

प्रहरीले पक्राउ परेकाहरूमाथि आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडि बढाएको जानकारी बारा प्रहरीले दिएको छ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *