पर्साका मातहत प्रहरी इकाइ प्रमुखहरूसँग मासिक छलफल तथा अन्तरक्रिया सम्पन्न

समाचार

पर्सा,  बैशाख १८ ।

जिल्ला प्रहरी कार्यालय पर्साका कार्यालय प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रको अध्यक्षतामा मातहत प्रहरी इकाइ प्रमुखहरूसँग मासिक छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको जनाएको छ।

उक्त कार्यक्रममा समसामयिक परिस्थितिको विश्लेषण गर्दै विभागीय नीति तथा निर्देशनको प्रभावकारी कार्यान्वयन, प्रहरी सेवा प्रवाहलाई अझ सुदृढ बनाउने, शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा अनुसन्धान, भन्सार छली तथा चोरी निकासी/पैठारी नियन्त्रण, विपद् व्यवस्थापन लगायतका विषयहरूमा गहन छलफल गरिएको थियो।

प्रहरी उपरीक्षक मिश्रले उपस्थित सबै इकाइ प्रमुखहरूलाई आ-आफ्नो जिम्मेवारीमा थप सक्रिय, उत्तरदायी र नतिजामूलक भूमिका निर्वाह गर्न निर्देशन दिनुभएको थियो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *