पर्सा प्रशासनको कडा निर्णय : डि.जे., पटाका र आतिशबाजीमा कडाइ, राति १० बजेपछि पूर्ण निषेध

समाचार

पर्सा,  बैशाख १८

जिल्ला प्रशासन कार्यालय पर्साले विवाह, व्रतबन्ध, छेका लगायतका सांस्कृतिक तथा धार्मिक कार्यक्रमहरूमा चर्को आवाजमा बजाइने डि.जे., आतिशबाजी र पटाका प्रयोगलाई नियन्त्रण गर्न कडा निर्णयहरू लागू गरेको छ।

सार्वजनिक स्वास्थ्य तथा दैनिकीमा असर पर्ने गतिविधिबाट सर्वसाधारण त्रसित भएको गुनासोपछि मिति २०८२ बैशाख १७ गते सरोकारवाला निकायहरूसँगको बैठकले चार बुँदे निर्णय गरेको हो।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा हस्ताक्षरित सूचनामा उल्लेख भएअनुसार:
१. समाजमा त्रास सिर्जना हुने गरी गरिने पटाका र आतिशबाजी पूर्ण रूपमा निषेध गरिनेछ।
२. चर्को आवाजमा बजाइने डि.जे. प्रयोगलाई निरुत्साहित गर्दै राति १० बजेपछि पूर्ण रूपमा प्रतिबन्ध लगाइनेछ।
३. पार्टी प्यालेस बुकिङ गर्दा आयोजकले डि.जे. र पटाका प्रयोग नगर्ने सर्तमा मात्र बुकिङ पुष्टि गर्नुपर्नेछ।
४. सीमावर्ती क्षेत्रबाट आउने डि.जे., उपकरण र पटाकाको प्रवेशमा कडाइका साथ निगरानी गरिनेछ।

जिल्ला प्रशासन कार्यालयले सबैलाई सभ्य र सुसंस्कृत अभ्यासमार्फत परम्परा र संस्कृतिलाई सम्मान गर्न आग्रह गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *