वीरगञ्ज,१२ असोज । प्रेस सेन्टर नेपाल पर्सा शाखाको नियमित बैठक विभिन्न समसामयिक तथा सांगठनिक विषयमा छलफल गर्दै सम्पन्न भएको छ।
पर्सा शाखाका अध्यक्ष शिवनाथ यादवको अध्यक्षतामा बसेको बैठकमा पत्रकारिता क्षेत्रका समसामयिक विषय, संगठनको आगामी गतिविधि तथा शाखालाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको जनाइएको छ।
बैठकमा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य सन्तोष पौडेल, मधेश प्रदेश अध्यक्ष निरज पिठाकोटे मगर, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सचिव दिपक गौतम, प्रेस सेन्टर नेपाल पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनाल लगायत पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।
बैठकले पत्रकारहरूको पेशागत हकहितसँगै संगठनको भूमिका थप प्रभावकारी बनाउने तथा आगामी कार्यक्रमहरूलाई व्यवस्थित रूपमा अघि बढाउने विषयमा समेत छलफल गरेको जनाइएको छ।
बैठकमा सहभागी पदाधिकारी तथा सदस्यहरूले पत्रकारिता क्षेत्रमा देखिएका चुनौती, संगठनात्मक गतिविधि र आगामी कार्यदिशाबारे आ–आफ्ना धारणा राखेका थिए।
बैठक सम्पन्न भएको जानकारी प्रेस सेन्टर नेपाल पर्साका सचिव अजित भुजेलले दिएका हुन्।
