७७ लाख ६९ हजार बराबरको अबैध समान सहित दुई ट्रक बारा प्रहरीको नियन्त्रणमा।

समाचार

रसीद आलम,बारा,१६ बैशाख।

बारा प्रहरीले अबैध समान सहित दुईवटा ट्रक नियन्त्रणमा लिएको छ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बारा मातहतका ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलिले जीतपुरसिमरा उप-महानगरपालिका वडा नं.२१ अमलेखगंजमा डिब्बा ट्रकहरूलाई रोकी चेक जाँच गर्दा बिल भरपाई भन्दा फरक र समानको स्रोत खुलाउन नसकेको मुल्य रू. ७७ लाख ६९ हजार २१ रूपैया बराबरको समानहरू सहित ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजस्व  अनुसन्धान कार्यालय पथलैया बारा पठाईएको बारा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी )महेन्द्र खड्काले बताए।

वीरगंजबाट काठमाण्डौँ तर्फ जादै गरेको ना ५ ख ७९२७ नम्बरको ट्रकमा रु.४७ लाख ७९ हजार ४ सय ३८ बराबरको लोड गरेको ग्लास दाना, पेपर बोक्स, रिसाईन गम, मोटर पार्टस, लेडिस सुट र अन्य समानहरूको बिल भरपाई फरक रहेकको तथा समानको स्रोत खुलाउन नसकेकोले नियन्त्रणमा लिएको बारा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।

त्यस्तै , वीरगंजबाट काठमाण्डौँ तर्फ जादै गरेको ना ५ ख ८२३७ नम्बरको  ट्रकमा लोड गरेको २९ लाख ८९ हजार ५ सय ८३ रुपैयाँ बराबरको सुकमेल, वाटर फिल्टर, डिफ्रिज र अन्य समानहरूको बिल भरपाई फरक रहेकको र समानको स्रोत खुलाउन नसकेकोले ट्रकसहित पक्राउ गरि आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया पठाईएको डिएसपी न्यौपानेले जनाए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *