कुनै पनि जेठ १५ मा प्रतिगामी सपना पुरा हुदैँन्ः प्रधानमन्त्री

राजनीति समाचार

काठमाडौं, २८ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि जेठ १५ मा प्रतिगामी सपना पुरा नहुने बताएका छन् ।

 

राजावादीहरूले जेठ १५ गते देखी सुरू गर्न लागेको आन्दोलन प्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले सो आन्दोलनको सपना पुरा नहुने बताएका हुन् ।

 

‘ यो जेठ १५ त परै जाओंस, अबको कुनै पनि जेठ १५ भित्र प्रतिगामी सपना ब्युताउँन सकिदैन, अब त्यो सपना छाडेर देश बिकासमा लाग्नुहोस्’ प्रधानमन्त्री ओलीले भने, ‘प्रणाली भित्रै बसेर शान्तिपुर्ण तरिकाले आफना कुरा राख्न पनि म अनुरोध गर्दछु ।’

 

सरकारकाे नीति तथा कार्यक्रममाथी सांसदहरूले उठाएका प्रश्नकाे जवाफ दिदै राजावादीहरूकाे जेठ १५ गते देखी गर्ने भनिएकाे प्रदर्शनकाे औचित्य नभएकाे पनि उनकाे तर्क छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *