बारा प्रहरीद्वारा लागू औषध नाईट्राभेट ट्याबलेटसहित ४ जना नियन्त्रणमा

समाचार

बारा, जेष्ठ २३।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बारा र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगञ्ज, पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्लाको कलैया उपमहानगरपालिका वडा नं. ०६ स्थित हनुमान चोकमा प्रतिबन्धित लागूऔषध नाईट्राभेट (NITRAVET-10) ट्याबलेटको अवैध कारोवारमा संलग्न रहेको आरोपमा ४ जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी बिजयराज पण्डितका अनुसार, पक्राउ परेकाहरूबाट NITRAVET-10 लेखिएको ३५ पत्ता (१०३५ पिस) ट्याबलेट बरामद गरिएको छ। पक्राउ परेका व्यक्तिहरूमा जिल्लाको कलैया उपमहानगरपालिका वडा नं. ०४ बस्ने २६ वर्षीय मुकेश साह कलवार, वडा नं. ०९ रामपुर बस्ने २० वर्षीय सुमन चौहान, २४ वर्षीय प्रदीप कुमार साह र वडा नं. २७ बस्ने १९ वर्षीय धिरेन्द्र कुशवाहा रहेका छन्।

प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक कानूनी कारवाही प्रक्रिया अगाडि बढाएको जानकारी दिएको छ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *