नगवा पोखरीमा डुबेर तीन वर्षीय बालकको मृत्यु

समाचार

वीरगंज, ३१ जेठ।

पर्सा जिल्लाको वीरगंज महानगरपालिका–१६ स्थित नगवा पोखरीमा डुबेर एक तीन वर्षीय बालकको ज्यान गएको छ।

प्रहरीका अनुसार नगवामा डेरा गरी बस्दै आएका असरफ मिया धोबीका छोरा चिन्टु भनेर चिनिने आशिक हवारी (उमेर ३ वर्ष) शुक्रबार बिहान करिब ९:३० बजे खेल्ने क्रममा पोखरीको डिलबाट चिप्लिएर पानीमा खसेका थिए।

डुबिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय नगवाबाट प्रहरी नायब निरीक्षक अजय कुमार रामको कमाण्डमा खटिएको प्रहरी टोलीले उद्दार गरी बालकलाई तत्काल उपचारका लागि नारायणी अस्पताल पुर्‍याएको थियो।

तर थप उपचारका लागि नेशनल मेडिकल हस्पिटल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

यस सम्बन्धमा थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढिरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *