१५ लाख धराैटी बुझाउन नसके पछि युनुस अन्सारी थुनामा

समाचार

काठमाडौं, २३ असार । नक्कली नोट कारोबारको आरोपमा पक्राउ परेका युनुस अन्सारी अदालतले मागेकाे १५ लाख धराैंटी बुझाउन नसके पछि थुनामा गएका छन् ।

नक्कली नोट प्रकरणमा पक्राउ परेर छुट्ने वित्तिकै सम्पत्ति शुद्धीकरण सम्बन्धी अर्को कसुरमा पक्राउ परेका युनुस अन्सारीको हिजो बयान सकिए पछि साेमवार थुनछेक बहस भएकाे थियाे ।

जिल्ला अदालत, काठमाडौंमा आइतबार दिनभर न्यायाधीश बलराम लम्सालको इजलासमा उनको बयान भए पनि थुनछेक बहसका लागि समय नपुगे पछि पुनः हिरासतमा फिर्ता पठाइएका उनलाइ १५ लाख धराैंटीमा छाेडन अदालतले अादेश दिएकाे थियो ।

अन्सारीविरुद्ध स्रोत खुल्न नसकेको ९ करोड ९ लाख ५३ हजार ७०९ रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरिएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *