गाँजासहित एक व्यक्ति पक्राउ: डिएसपी जोशीको नेतृत्वमा सफल कारबाही

समाचार

बारा, ३२ असार ।
जिल्ला प्रहरी कार्यालय बारा अन्तर्गत इलाका प्रहरी कार्यालय सिमराका डिएसपी बेद प्रकाश जोशीको कुशल नेतृत्वमा लागू औषधसहित एक जना व्यक्ति पक्राउ परेका छन्।

असार ३२ गते दिउँसो करिब ३ बजेको समयमा जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैया चोकस्थित प्रहरी चौकी पथलैयाबाट प्रहरी नायब निरीक्षक बबि बम्जमको कमाण्डमा खटिएको टोलीले नारायणघाटबाट मलंगवातर्फ जाँदै गरेको ना. ५ ख ४८२२ नम्बरको यात्रुबाहक बस चेकजाँच गर्ने क्रममा लागू औषध गाँजा फेला पारेको हो।

कालो ह्याण्ड ब्यागमा लुकाईछिपाई ल्याइँदै गरेको ७.४७० केजी (सात किलो चार सय सत्तरी ग्राम) गाँजासहित सर्लाही जिल्ला बिष्णुपुर गाउँपालिका–३ बसोबास गर्ने वर्ष ५२ का बिरेन्द्र चौधरीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका व्यक्तिमाथि हाल थप आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *