श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि घोषणा, सामाजिक सुरक्षामा २१ लाख श्रमिक आबद्ध:प्रधानमन्त्री ओली

राजनीति समाचार

काठमाडौं, साउन २ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको सम्मान र सुरक्षाबिना समृद्ध नेपाल सम्भव नहुने बताएका छन्। उनले श्रमविहीन प्रगति असम्भव हुने उल्लेख गर्दै श्रमिक वर्गको योगदानको उच्च कदर गर्नुपर्नेमा जोड दिए।

प्रधानमन्त्री ओलीका अनुसार सरकारले श्रमिकको भविष्य सुरक्षित गर्न योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम अघि सारेको थियो, जसअन्तर्गत हालसम्म झण्डै २१ लाख श्रमिक आबद्ध भइसकेका छन्।

त्यसै सन्दर्भमा, सरकारले साउन १ गतेदेखि लागू हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १७,३०० रुपैयाँबाट बढाएर १९,५५० रुपैयाँ पुर्‍याउने निर्णय गरेको छ। उनले भने, “श्रमिकलाई एक मुट्ठी भरोसा महत्वपूर्ण हुन्छ।”

प्रधानमन्त्री ओलीले अन्त्यमा सामाजिक संजालमा लेख्दै  “जय श्रमिक, जय नेपाल” भन्ने नारासहित श्रमिक वर्गप्रति सम्मान प्रकट गरेका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *