धनुषामा दशैँ मेलामा ठुलो दुर्घटना टर्यो : रोटेपिङ अड्किँदा ५६ जना सकुशल उद्धार

समाचार

धनुषा, असोज ११।
धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–४ स्थित राजदेवी मन्दिर परिसरमा विजयी दशमीको अवसरमा सञ्चालन भएको मेलामा ठूलो रोटेपिङ घुम्ने क्रममा एक्कासी कोल्टिन गएपछि ठूलो दुर्घटना टरेको छ।

१२ वटा बकेटमा अड्किएका ५६ जना सर्वसाधारणलाई नेपाली सेना, नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी, नं. ८ गण धनुषा र नेपाल प्रहरीले संयुक्त रूपमा सकुशल उद्धार गरेको हो।

असोज १० गते भएको सो घटनाले मेलामा त्रास फैलिएको थियो । मेलामा उपस्थित सर्वसाधारणले घटनापछि त्रास फैलिएको भए पनि सुरक्षाकर्मीको तत्परता र उद्धार कार्यका कारण ठूलो जनधनको क्षति हुनबाट बचाइएको स्थानीयले बताएका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *