पर्सा प्रहरीले तीव्र बनायो प्रतिबन्धित पटाका नियन्त्रण अभियान, १२ लाख मूल्यका पटाका नष्ट

समाचार

बिरगंज, १ कार्तिक ।
जिल्ला प्रहरी कार्यालय पर्साले प्रतिबन्धित पटाका नियन्त्रण अभियानलाई तीव्रता दिँदै विभिन्न स्थानमा खटिएका प्रहरी टोलीहरूले विभिन्न मितिमा जाँचका क्रममा बरामद गरेका अन्दाजी रू. १२ लाख बराबरका वेवारिसे पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ।

मिति २०८२ साल कार्तिक १ गते जिल्ला प्रहरी कार्यालय पर्साको प्राङ्गणभित्र स्थानीय जनप्रतिनिधि तथा सञ्चारकर्मीहरूको रोहवरमा ती पटाकाहरू नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिएका छन्।

त्यसैगरी, सोही दिन प्रहरीले कार्यालय परिसरमै अन्दाजी ३५० लिटर तयारी घरेलु मदिरा समेत नष्ट गरेको जनाएको छ।

प्रहरीका अनुसार तिहार पर्वलाई लक्षित गरी जिल्ला भित्र अवैध पटाका तथा घरेलु मदिरा नियन्त्रण अभियानलाई अझ प्रभावकारी बनाइएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *