बालेनको कटाक्ष : “तुइन बनाउने नेताले भन्छन् देश विदेशीले बिगार्‍यो, लाज लाग्दैन ?”

समाचार

काठमाडौँ,६ कार्तिक  । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले नेपाली राजनीति र सामाजिक यथार्थप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत बालेनले प्रहार गर्दै कटाक्षपूर्ण अभिव्यक्ति दिएका हुन्।

उनले लेखेका छन् —

“तुइन र काठको पूल बनाउने नेताहरु भन्छन्, यो देश विदेशीले बिगार्‍यो।
Visa पाउनलाई तिमीहरुको घर धाउनु पर्छ, अरुलाई एजेन्ट भन्छौ !!!
आन्दोलनमा पुरै देश एमालेले काङ्रेसको जलाउछ, काङ्रेसले एमालेको जलाउछ, दोश आफ्नो बाल बच्चालाई दिन्छौ !
चियाको टाईममा रगत पिएर अरुलाई लुसिफर भन्छौ !
लाज लाग्दैन ?”

बालेनले आफ्नो पोस्टमार्फत नेपाली नेताहरूको दोहोरो चरित्र, जनताको अन्ध समर्थन र समाजमा मौलाएको ढोंगी संस्कृतिमाथि प्रश्न उठाएका जानकार बताउँछन्। उनले राजनीतिक शक्ति र नागरिक चेतनाको स्तरमाथि गहिरो टिप्पणी गरेका छन्।

उनको यो पोस्ट सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भइरहेको छ, जहाँ धेरैले बालेनको अभिव्यक्तिलाई “सत्य तर कडा यथार्थ” भन्दै समर्थन गरेका छन् भने केहीले “अभिव्यक्तिको शैली अतिशयोक्तिपूर्ण” भएको भन्दै आलोचना गरेका छन्।

बालेनले यसअघि पनि भ्रष्टाचार, अनियमितता र राजनीतिक नाटकप्रति खुलेर विरोध जनाउँदै आएका छन्। उनका तीख्खा टिप्पणीहरू प्रायः जनस्तरमा चर्चाको विषय बन्छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *