वीरगंज, २४ कार्तिक ।
Generation-Z (Gen-Z) आन्दोलनका क्रममा केन्द्रिय कारागार जगन्नाथदेवल, काठमाडौँबाट फरार भएका कर्तव्य ज्यान मुद्दाका कैदी वीरगंजमा पक्राउ परेका छन्।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नं. ८ बस्ने ३७ वर्षीय दिपक कुमार महरालाई पक्राउ गरेको हो। महरा सम्मानित पर्सा जिल्ला अदालतबाट २५ वर्ष कैद सजाय तोकिएका कसूरदार हुन्।
महरा मिति २०८२ साल भदौ २४ गते (२०८२।०५।२४) Gen-Z आन्दोलनका क्रममा केन्द्रिय कारागारबाट फरार भएका थिए। उनी फरार भएपछि आफ्नै गाउँमा लुकीछिपी बस्दै आएको भन्ने सूचनाका आधारमा प्रहरी टोलीले मिति २०८२ साल कार्तिक २३ गते साँझ ४ बजे वीरगंजबाट पक्राउ गरी कारागार कार्यालय वीरगंजमा बुझाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिएका छन्।
पक्राउ विवरण:
- नाम: दिपक कुमार महरा
- उमेर: ३७ वर्ष
- ठेगाना: वीरगंज महानगरपालिका–८, पर्सा
- फरार भएको स्थान: केन्द्रिय कारागार, जगन्नाथदेवल, काठमाडौँ
- मुद्दा: कर्तव्य ज्यान सम्बन्धी कसूर
- पक्राउ मिति: २०८२।०७।२३
प्रहरीका अनुसार पक्राउ परेका महरालाई थप कानूनी कारबाहीका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ।
