५ किलो अफिम जस्तो लागू औषधसहित एक जना पक्राउ

समाचार

बारा, फागुन १ ।

बारा प्रहरीले विशेष सूचनाका आधारमा लागू औषधसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाराले दिएको जानकारीअनुसार, मिति २०८१ फागुन १ गते बिहान ७:४५ बजे इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट प्र.ब.ना.नि. टेक बहादुर कार्कीको नेतृत्वमा खटिएको प्रहरी टोलीले हेटौडाबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ३६ प २७१४ नम्बरको १५० सिसी पल्सर मोटरसाइकल जाँच गर्ने क्रममा सिटमुनी लुकाइ राखिएको लागू औषध फेला पारेको हो।

प्रहरीका अनुसार, पक्राउ पर्ने व्यक्ति मकवानपुर जिल्ला, कैलाश गाउँपालिका–६, गोगनेका २५ वर्षीय भुवन सिंह थिङ हुन्। प्रहरीले उनको साथबाट ५ किलो अफिम जस्तो पदार्थ बरामद गरेको छ।

हाल उनलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी प्र.नि. बलराम श्रेष्ठले जानकारी दिएका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *