बारा, १ फागुन ।
बारा जिल्लाको फेटा गाउपालिका वडा नम्बर १ भलुहीमा नेपाल एटिमी क्याकुसिन करातेका १४ खेलाडीलाई युवा नेता उमेश दुबेले बिदाइ गरेका छन्। संघीय राजधानी काठमान्डौंमा आयोजना हुने अन्तर्राष्ट्रिय खेलमा भाग लिन जान लागेको खेलाडीलाई दुबेले टिक्का लगाइ आर्थिक सहयोग प्रदान गरेका छन्।
युवा नेता दुबेले फेटा गाउपालिका भित्रका खेलाडीहरूलाई सधैं सम्मान गर्दै आएका छन्। उनले नेपाल एटिमी क्याकुसिन कराते भलुही शाखालाई १० हजार रुपैयाँ नगद सहयोगसहित १४ खेलाडीलाई बिदाइ गरेका हुन्।
कार्यक्रममा बोल्दै युवा नेता दुबेले खेलाडीहरूलाई मुलुकको शानको रूपमा सम्मान गर्नुपर्ने बताएका थिए। उनले खेलाडीलाई निराश नगइ आत्मबलको साथ अगाडि बढ्न र अन्तर्राष्ट्रिय खेलमा जित हासिल गर्न प्रेरित गरे।
कार्यक्रममा स्थानीय मोहन दास, प्रेम साह, दिपक दास, जितेन्द्र दास, बिक्की कुश्वाहा, राजेश कुश्वाहा, शेसनाथ यादव लगायत उल्लेखनीय संख्यामा युवाहरूको सहभागिता रहेको थियो।
