मकवानपुर ,११ मंसिर ।
मिति २०८२।०८।१० गते बिहान ९:०० बजे नेपाल प्रहरी प्रदेश कार्यालय बनेपा, काभ्रेपलाञ्चोकका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद सिलवालले जिल्ला प्रहरी कार्यालय मकवानपुरको CAP निरीक्षण तथा अनुगमन कार्यक्रम सम्पन्न गर्नुभएको छ।
निरीक्षण तथा अनुगमनको क्रममा उहाँले अपराध अनुसन्धान तथा नियन्त्रण शाखा, उजुरी शाखा, साथै हिरासत कक्षको विस्तृत अवलोकन गरी आवश्यक निर्देशन तथा सुझाव प्रदान गर्नुभएको थियो।
कार्यक्रमले कार्यालयको समग्र कार्यसञ्चालन, सेवा प्रवाह तथा सुरक्षा व्यवस्थालाई अझ सक्षम र प्रभावकारी बनाउन सहयोग पुर्याउने विश्वास लिइएको छ।
