गोदावरीमा आयोजित Underground Musical Party बाट ६ विदेशी र ३ नेपाली नागरिक लागू औषधसहित पक्राउ

समाचार

ललितपुर, पुस २०।
दक्षिण एशियाका विभिन्न देशहरूमा आयोजना हुँदै आएका Underground Musical Party हरूको गतिविधि विश्लेषणका क्रममा गोदावरीमा आयोजित एक गोप्य सांगीतिक कार्यक्रममा लागू औषधको कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले ठूलो कारबाही गरेको छ।

लागू औषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले स्थानीय प्रहरीको सहयोगमा मिति २०८२।०९।१६ गते जिल्ला ललितपुर गोदावरी नगरपालिका–२ स्थित विशंखु नारायणको एक रिसोर्टमा छापा मारेको हो। उक्त रिसोर्टमा “Mahamaya Mantra Event” नाम दिई ७२ घण्टासम्म निरन्तर सञ्चालन हुने Underground Musical Party आयोजना गरिएको थियो।

छापाका क्रममा ६ जना विदेशी नागरिक र ३ जना नेपाली नागरिक गरी जम्मा ९ जनालाई विभिन्न किसिमका लागू औषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट LSD ६ पिस, गाँजा २२.२४० ग्राम, चरेस ६१ ग्राम, MDMA १ पिस र Magic Mushroom ४ ग्राम बरामद गरिएको छ।

पक्राउ परेका व्यक्तिहरूको विवरण:
१.भारत, केरलाको कोची स्थायी ठेगाना भएका २१ वर्षीय भारतीय नागरिक Kevin Joseph
२.भारत, आन्ध्र प्रदेशको हैदरावाद स्थायी ठेगाना भएका २६ वर्षीय भारतीय नागरिक Avhiraj Kuthadi
३.ग्रीस, एथेन्स स्थायी ठेगाना भएका २१ वर्षीय ग्रीस नागरिक Dimitrios Kattos
४.भारत, केरलाको कोची स्थायी ठेगाना भएका २८ वर्षीय भारतीय नागरिक Sadik
५.भारत, केरलाको कोची स्थायी ठेगाना भएका २३ वर्षीय भारतीय नागरिक Aswin Antu I
६.भारत, केरलाको कोची स्थायी ठेगाना भएका २८ वर्षीय भारतीय नागरिक Vyshnaav K Shajui
७.जिल्ला चितवन, राप्ती नगरपालिका–३ भण्डारा ठेगाना भएका ३० वर्षीय पुष्पराज परियार
८.जिल्ला मोरङ, विराटनगर महानगरपालिका–१३ राजवंशी टोल ठेगाना भएकी २५ वर्षीया मनसुन न्यौपाने
९.काठमाडौं महानगरपालिका–२ नक्साल ठेगाना भएका ४० वर्षीय आदित्य अर्याल

प्रहरीका अनुसार पक्राउ परेका सबै प्रतिवादीहरूलाई लागू औषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम सम्मानित काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।

यस सम्बन्धमा जानकारी दिँदै प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक जनक बहादुर शाहीले यस्ता अवैध गतिविधि नियन्त्रण गर्न प्रहरीको निगरानी अझ कडा बनाइने र कानून विपरीत कार्य गर्ने जो–कोहीलाई कारबाहीको दायरामा ल्याइने स्पष्ट पार्नुभयो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *