पर्सा प्रहरी प्रमुखद्वारा ठोरीमा निरीक्षण तथा अनुगमन

समाचार

पर्सा, ३ माघ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप राज पाठकले इलाका प्रहरी कार्यालय ठोरीको निरीक्षण तथा अनुगमन गर्नुभएको छ।

माघ ३ गते एसपी पाठकले ठोरीमा कार्यरत प्रहरी कर्मचारीहरूको टर्नआउट (व्यवसायिक तयारी अवस्था) जाँच गर्नुका साथै प्रहरी ब्यारेकको भौतिक अवस्था, सरसफाइ, व्यवस्थापन र अनुशासनको समेत निरीक्षण गर्नुभएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

निरीक्षणका क्रममा उहाँले कार्यरत प्रहरीलाई जनसेवामा थप सक्रिय, अनुशासित र उत्तरदायी बन्न निर्देशन दिनुभएको छ। साथै सेवा प्रवाहलाई प्रभावकारी बनाउन तथा समुदायसँगको समन्वय बढाउन विशेष जोड दिन आग्रह गर्नुभएको थियो।

जिल्ला प्रहरी कार्यालय पर्साले नियमित निरीक्षण र अनुगमनमार्फत प्रहरी सेवालाई अझ चुस्त, दुरुस्त र जनमैत्री बनाउने लक्ष्य लिएको जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *