रमजानको अवसरमा बालेन शाहको शुभकामना : संयम, प्रार्थना र सद्भावको सन्देश

समाचार

काठमाडौं ,७ फागुन । पवित्र रमजान महिनाको अवसरमा बालेन शाहले सम्पूर्ण मुस्लिम समुदायप्रति हार्दिक शुभकामना व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै रास्वापाका बरिस्ठ नेता तथा झापा -५ प्रतिनिधि सभा सदस्य उम्मेदवार बालेनले रमजानलाई संयमको परीक्षा, प्रार्थनाको शक्ति र सद्भावको सुगन्ध फैलिने पवित्र महिना भएको उल्लेख गरेका छन्। उनले यो पवित्र महिनाले समाजमा आपसी सम्मान, सहिष्णुता र एकताको भावना अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्।

उनले आफ्नो सन्देशमा रमजानले आत्मशुद्धि, अनुशासन र मानवताप्रतिको समर्पणलाई अझ मजबुत बनाउने उल्लेख गर्दै सम्पूर्ण मुस्लिम दाजुभाइ तथा दिदीबहिनीहरूको जीवनमा शान्ति, समृद्धि र खुसी ल्याओस् भन्ने कामना गरेका छन्।

रमजान इस्लाम धर्मावलम्बीहरूको महत्वपूर्ण धार्मिक पर्व हो, जसमा एक महिनासम्म रोजा (व्रत) बस्ने, प्रार्थना गर्ने तथा दान–पुण्य गर्ने परम्परा रहेको छ। यो महिना आत्मअनुशासन, करुणा र सामाजिक सद्भावको प्रतीकका रूपमा लिइन्छ।

नेपालसहित विश्वभरका मुस्लिम समुदायले रमजानलाई विशेष श्रद्धा र भक्तिपूर्वक मनाउने गरेका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *