नेपाल मुस्लिम पत्रकार संघद्वारा सहायक प्रमुख जिल्ला अधिकारी सुमन कार्कीलाई प्रशंसा-पत्रसहित बिदाइ

समाचार

पर्सा, २६ चैत।
नेपाल मुस्लिम पत्रकार संघ, पर्साले जिल्ला प्रशासन कार्यालय पर्सामा कार्यरत सहायक प्रमुख जिल्ला अधिकारी सुमन कार्की लाई प्रशंसा-पत्र प्रदान गर्दै सम्मानसहित बिदाइ गरेको छ।

संघले प्रदान गरेको प्रशंसा-पत्रमा कार्कीले पर्सा जिल्लामा कार्यरत रहँदा देखाएको उच्च कर्तव्यनिष्ठा, इमान्दारिता, प्रभावकारी नेतृत्व क्षमता तथा सेवाभावको खुलेर प्रशंसा गरिएको छ। उहाँको कार्यकालमा जिल्लामा शान्ति सुरक्षा कायम राख्न, सुशासन प्रवर्द्धन गर्न तथा विभिन्न सामाजिक, धार्मिक र सामुदायिक सद्भाव सुदृढ गर्न उल्लेखनीय भूमिका खेलेको उल्लेख गरिएको छ।

विशेषगरी सबै समुदायप्रति समान व्यवहार, समन्वयात्मक कार्यशैली र जनमैत्री सेवा प्रवाहमार्फत कार्कीले पर्सावासीहरूको मन जित्न सफल भएको संघको भनाइ छ। उहाँको योगदानलाई उच्च मूल्याङ्कन गर्दै संघले कदरस्वरूप प्रशंसा-पत्र प्रदान गरेको जनाएको छ।

हाल जिल्ला प्रशासन कार्यालय पर्साबाट सरुवा भई गृह मन्त्रालय, काठमाडौं जान लाग्नुभएका कार्कीलाई संघका पदाधिकारीहरूले औपचारिक कार्यक्रमबीच बिदाइ गरेका हुन्। कार्यक्रममा सहभागीहरूले उहाँको आगामी कार्यकाल अझ सफल र प्रभावकारी हुने विश्वास व्यक्त गर्दै शुभकामना दिएका थिए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *