सर्लाही , २७ चैत।
जबरजस्ती करणी मुद्दामा फरार रहेका एक प्रतिवादीलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ करिब ५ बजे चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुर पुल क्षेत्रबाट उनलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा चक्रघट्टा गाउँपालिका–४ निवासी २० वर्षीय राजु भन्ने रामअने राय रहेका छन्। उनीमाथि अदालतले १ वर्ष ४ महिना कैद तथा रु. १०,००० जरिवाना तोकेको थियो। उक्त सजायपछि फरार रहेका उनलाई विशेष सूचनाको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक तथा सूचना अधिकारी विशाल बहादुर बुढाथोकीका अनुसार पक्राउ परेका रायलाई सम्मानित सर्लाही जिल्ला अदालतको आदेश बमोजिम कैद भुक्तानका लागि कारागार चलान गरिएको छ।
प्रहरीले फरार प्रतिवादीहरूको खोजी तथा नियन्त्रण अभियानलाई निरन्तर तीव्र बनाउँदै आएको जनाएको छ।
