बिरगंज ,२९ चैत ।
सशस्त्र प्रहरी बल नेपालले झापा र सर्लाही जिल्लाबाट अवैध रूपमा संकलन गरिएको ठूलो परिमाणको काठ बरामद गरेको छ।
प्रहरीका अनुसार विशेष सूचनाका आधारमा सञ्चालन गरिएको अभियानका क्रममा ८ लाख १२ हजार ३ सय ३० रुपैयाँ बराबरको ३ सय ३२ क्यूफिट काठ फेला पारिएको हो।
बरामद गरिएको काठ सम्बन्धित डिभिजन वन कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ। घटनामा संलग्न व्यक्तिहरुको खोजी कार्य समेत तीव्र पारिएको छ।
सशस्त्र प्रहरीले पछिल्लो समय वन अतिक्रमण तथा अवैध काठ तस्करी नियन्त्रणका लागि विभिन्न जिल्लामा निगरानी बढाउँदै आएको छ।
