पर्सामा मादक पदार्थ सेवन ,ला.प.से.जाँच अभियान: ५ चालक नियन्त्रणमा

समाचार

वीरगञ्ज, असार ४ — जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा र नारायणी अस्पताल वीरगञ्जको संयुक्त सहकार्यमा सञ्चालन गरिएको मादक पदार्थ सेवन तथा ला.प.से. परीक्षण अभियान अन्तर्गत ५ जना सवारी चालक नियन्त्रणमा परेका छन्।

बिहिवार  जिल्ला पर्साको वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित क्षेत्रमा सञ्चालन गरिएको विशेष जाँच अभियानमा पथलैया–वीरगञ्ज सडकखण्डमा आवतजावत गर्ने निजी तथा सार्वजनिक सवारी साधनका चालकहरूको स्वास्थ्य परीक्षण गरिएको थियो।
जाँचका क्रममा कुल २२ वटा सवारी साधनका चालकहरूको ला.प.से. परीक्षण गरिएकोमा १ जना निजी सवारी चालक र ४ जना सार्वजनिक सवारी लागु पदार्थ सेवन गरेको अवस्थामा फेला परेका प्रहरीले जनाएको छ।

ला.प.से. परीक्षणमा असफल भएका ती ५ जना चालकलाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ।

ट्राफिक प्रहरीले सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणका लागि यस्ता अभियानलाई निरन्तरता दिइने जनाएको छ। सार्वजनिक सवारी चालकहरूले मादक पदार्थ सेवन गरी सवारी चलाउँदा यात्रु तथा सर्वसाधारणको ज्यान जोखिममा पर्ने भएकाले कडाइका साथ निगरानी बढाइएको प्रहरीको भनाइ छ।

प्रहरीले सबै चालकलाई ट्राफिक नियमको पालना गर्दै जिम्मेवार र सुरक्षित रूपमा सवारी सञ्चालन गर्न आग्रह गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *