जितपुरसिमरामा यात्रुबाहक बस पल्टिँदा ११ जना घाइते, एकको अवस्था गम्भीर (घाइतेहरुको विवरण सहित )

समाचार

बारा, असार ७।बाराको जितपुरसिमरा उपमहानगरपालिका–१० नितनपुर चोकस्थित वीरगञ्ज–पथलैया सडकखण्डमा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा ११ जना यात्रु घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार आइतबार बिहान करिब ११ बजे वीरगञ्जबाट सप्तरीतर्फ जाँदै गरेको ना ७ ख २३५ नम्बरको बस ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई सडकमै पल्टिएको थियो।

दुर्घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जितपुर, इलाका प्रहरी कार्यालय सिमरा तथा सशस्त्र प्रहरीको संयुक्त टोली घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाएको प्रहरीले जनाएको छ।

घाइतेमध्ये अधिकांशको अवस्था सामान्य रहेको छ भने सिराहा कर्जन्हा नगरपालिका–११ निवासी ६२ वर्षीय चिनीलाल श्रेष्ठ को छातीमा गम्भीर चोट लागेको र उनको वीरगञ्जस्थित तराई अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनामा सप्तरी, पर्सा, बारा र रौतहटका यात्रुहरू घाइते भएका छन्। घाइतेमध्ये केहीको वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा अन्य अस्पतालहरूमा उपचार भइरहेको छ भने सामान्य चोट लागेका केही यात्रु प्राथमिक उपचारपछि आफ्नै गन्तव्यतर्फ गएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि बस चालक फरार रहेको र उनको खोजी कार्य तीव्र पारिएको छ। दुर्घटनाग्रस्त बसलाई घटनास्थलबाट हटाएर इलाका प्रहरी कार्यालय सिमरामा राखिएको छ।
प्रहरीका अनुसार दुर्घटनाका कारण सडक अवरुद्ध नभएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको छ।

बारा प्रहरीले दिएको जानकारी अनुसार बसमा सबार घाइतेहरुको विवरण :-
(नेशनल मेडिकल कलेज बिरगंजमा उपचार भई रहेको)

१)जिल्ला सप्तरी तिलाठि कोईलि गा. पा. १ बस्ने बर्ष अं.४२ कमलेश यादब टाउँको, घाँटिमा चोट सामान्य

२)कमलेश यादबको श्रीमति अं. बर्ष ३४ को रुबि यादबको दाँहिने खुट्टा र ढाडमा चोट अवस्था सामान्य।

३) कमलेश यादबको छोरी अं.१५ सिवानि यादब टाँउकोमा चोट सामान्य।

४) जिल्ला पर्सा बिरगंज म. न. पा.१३ बस्ने बर्ष अं. ६४ को राम नरेश प्रसाद बायाँ करङमा चोट सामान्य ।

५)सह चालक जिल्ला सप्तरी कंन्चनरुप न. पा. -१ बस्ने बर्ष ४७ को नरेश पंजियारको बायाँ खुट्टामा चोट सामान्य।

६) जिल्ला पर्सा पकहा मैनपुर गा. पा. -५ बर्ष २८ को बस्ने धन्नजय प्रसाद चौरसियाको दाँया खुट्टामा चोट,अवस्था सामान्य ।

७ ) जिल्ला पर्सा बहुदरमाई न. पा.-२ बस्ने रामनरेश यादबको श्रीमती अं. बर्ष ३४ कि सुनिता यादब भित्रि चोट सामान्य

(तराई हस्पिटल बिरगंजमा उपचाररत घाईतेहरु)

८) जिल्ला सिराहा करजना न. पा.-११ बस्ने अं. बर्ष ६२ को चिनि लाल श्रेष्ठको छातिमा भित्रि चोट अवस्था गम्भीर ।

(सामान्य घाईते भई आ- आफ्नो गन्तब्यमा गई उपचार गराउने भनि गएका निम्न घाईतेहरु) :-

९) जिल्ला बारा जि. सि. उ. म. न. पा. ३ बस्ने बर्ष ४० को चन्द्र तामाङ बायाँ हातँ र खुट्टामा सामान्य चोट

१०) जिल्ला रौतहट चन्द्रपुर न. पा. ६ बस्ने चिरन्जिबि घिमिरेको श्रीमती अं. बर्ष -४५ कि दिपा घिमिरेको छाँतिमा भित्रि चोट सामान्य,

(अल्पाईन हस्पिटल सिमरामा उपचार भई रहेको)

११)तत्काल ठेगाना नखुलेको अं. बर्ष ४० को अमीत कुमार गुप्ता सामान्य।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *