संयुक्त राष्ट्रसंघीय प्रहरी समिटमा सशस्त्र प्रहरी र नेपाल प्रहरी महानिरीक्षकको सहभागिता

समाचार

काठमाडौं ,२५ असार । संयुक्त राष्ट्रसंघ (यूएन) को आयोजनामा सम्पन्न भइरहेको पाँचौं संयुक्त राष्ट्रसंघीय चिफ अफ पुलिस समिट (UNCOPS 2026) को मुख्य कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेल सहभागी हुनुभएको छ।


उक्त कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, नेपाली सैनिक सहचारी महासेनानी रोहित गुरुङ, प्रहरी वरिष्ठ उपरीक्षक दिप शमशेर ज.ब.रा. तथा सशस्त्र प्रहरी नायव उपरीक्षक सुन्दर श्रेष्ठ को समेत सहभागिता रहेको छ।

विश्वका १४२ सदस्य राष्ट्रका ४५ मन्त्रीस्तरीय प्रतिनिधि, ८७ प्रहरी प्रमुख तथा विभिन्न देशका गरी ५४८ उच्च अधिकारीहरूको सहभागिता रहेको यस सम्मेलनमा विश्वव्यापी शान्ति स्थापना, सुरक्षा प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय प्रहरी सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा गहन छलफल भइरहेको छ।

सम्मेलनले अन्तर्राष्ट्रिय सुरक्षा चुनौतीहरूको सामना गर्न प्रहरी संगठनहरूबीच अनुभव आदान–प्रदान, समन्वय र सहकार्यलाई थप मजबुत बनाउँदै सबैका लागि शान्ति, सुरक्षा र दिगो विकासको साझा लक्ष्य हासिल गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *