बालकुमारीको ‘न्यु फेमिलि गर्ल्स होस्टेल’मा ३ लाख जरिवाना, होस्टेल सिलबन्दी

समाचार

काठमाडौ ,३ भदौ ।
काठमाडौंको बालकुमारीस्थित ‘न्यु फेमिलि गर्ल्स होस्टेल’मा खाद्य तथा सरसफाइको अवस्था अस्वस्थ पाइएपछि प्रशासनले होस्टेल सिलबन्दी गरेको छ।

सामाजिक सञ्जालमार्फत होस्टेलमा दिइने खानामा किरा भेटिएको तथा छात्रालाई धम्की दिइएको भन्दै गुनासो प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौं र प्रहरी प्रभाग कोटेश्वरको संयुक्त टोलीले होस्टेलमा अनुगमन गरेको थियो।

अनुगमनका क्रममा होस्टेलको सरसफाइको अवस्था कमजोर हुनुका साथै खाद्य सामग्रीसमेत अस्वस्थ अवस्थामा राखिएको पाइएको प्रहरीले जनाएको छ।

अनुगमनका क्रममा भेटिएका कमजोरी तथा प्रचलित कानुन उल्लंघन गरेको पाइएपछि होस्टेल सञ्चालकलाई रु. ३ लाख जरिवाना गरिएको छ। साथै, होस्टेललाई सिलबन्दी गरिएको प्रहरीले जनाएको छ।

प्रशासन र प्रहरीको संयुक्त अनुगमनपछि होस्टेलमा बस्दै आएका छात्राहरूको स्वास्थ्य तथा सुरक्षालाई ध्यानमा राख्दै आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको बताइएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *