हेटौँडा ,१४ भदौ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, पिपलबोटस्थित महेन्द्र राजमार्गमा यात्रुवाहक ईभी माइक्रो र सुमो एकआपसमा ठोक्किँदा ११ जना घाइते भएका छन्।
आइतबार दिउँसो करिब १२:३० बजे काठमाडौँबाट वीरगन्जतर्फ आउँदै गरेको बा.प्र.०६–००१ ज. ०६९७ नम्बरको ईभी माइक्रो र विपरीत दिशाबाट आउँदै गरेको ना.१ ज. ५८७३ नम्बरको यात्रुवाहक सुमो एकआपसमा ठोक्किएका थिए।
दुर्घटनामा सुमो चालकसहित सुमोमा सवार ६ जना तथा माइक्रो चालकसहित माइक्रोमा सवार ५ जना गरी जम्मा ११ जना घाइते भएका छन्। घाइते सबैलाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल, मकवानपुरमा ल्याइएको प्रहरीले जनाएको छ। उनीहरूको अवस्था सामान्यदेखि मध्यम रहेको छ।
घाइते हुनेहरू
पर्साका ६ जना
बिन्दवासिनी गाउँपालिका–३ का ३४ वर्षीय सुमो चालक रविन्द्र उपाध्याय — सामान्य
वीरगन्ज महानगरपालिका–३१ की ३१ वर्षीया राधिका देवी — मध्यम
वीरगन्ज–३१ की २६ वर्षीया रेखा ओझा — सामान्य
वीरगन्ज–३१ की ४० वर्षीया उपम देवी — सामान्य
वीरगन्ज–१५ का ३२ वर्षीय शौरवकुमार गुप्ता — सामान्य
शौरवकुमार गुप्ताका २ वर्ष ६ महिनाका छोरा सौर्य साह — सामान्य
अन्य घाइते
गोरखा, आरुघाट गाउँपालिका–७ का ३० वर्षीय माइक्रो चालक सोमबहादुर गुरुङ — सामान्य
रौतहट, वृन्दावन नगरपालिका–९ की ८ वर्षीया खजिना खातुन — सामान्य
सर्लाही, बरहथवा नगरपालिका–८ का ३१ वर्षीय हरिन्द्र राय — सामान्य
सर्लाही, गोडैटा नगरपालिका–६ का ३१ वर्षीय राकेश महन्त — सामान्य
सर्लाही, गोडैटा नगरपालिका–२ का २२ वर्षीय शत्रुधन कुशहवा — सामान्य
घाइते सबैको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
