खैरो हेरोइनसहित दुई भारतीय महिला पक्राउ

समाचार

विराटनगर ,२ असोज । मोरङको विराटनगर महानगरपालिका–१७ मटेरुवाबाट ९० ग्राम ८५० मिलिग्राम खैरो हेरोइनसहित दुई भारतीय महिला पक्राउ परेका छन्।

प्रहरीका अनुसार बिहीबार बिहान करिब ११ः३० बजे भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका भारतको जोगवनी बस्ने २५ वर्षीया लिजा खातुन र ४० वर्षीया जुली खातुनलाई मटेरुवा क्षेत्रमा चेकजाँच गरिएको थियो।

चेकजाँचका क्रममा जुली खातुनको साथबाट ९० ग्राम ८५० मिलिग्राम खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ।

बरामद लागुऔषधसहित दुवै महिलालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *