बडादसैँ आजदेखि सुरु, घटस्थापनाको अवसरमा डा. अतुलेश चौरसियाद्वारा शुभकामना व्यक्त

समाचार

वीरगञ्ज,२५ असोज  । नेपालीहरूको महान् चाड बडादसैँ आजदेखि विधिवत् रूपमा सुरु भएको छ। बडादसैँको पहिलो दिन आज घरघरमा घटस्थापना गरी जमरा राख्ने र दुर्गा भवानीको पूजा–आराधना गर्ने परम्परा रहेको छ।

घटस्थापनाको पावन अवसरमा कन्सल्टेन्ट छाला रोग विशेषज्ञ डा. अतुलेश चौरसियाले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्।

डा. चौरसियाले यस पावन पर्वले सबैको जीवनमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र खुसी ल्याओस् भन्ने शुभकामना व्यक्त गरेका छन्। साथै, सबै परिवारमा आपसी प्रेम, सद्भाव, एकता र सकारात्मक ऊर्जा कायम रहोस् भन्ने कामना गरेका छन्।

बडादसैँले परिवार तथा आफन्तबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै समाजमा सद्भाव, भाइचारा र एकताको भावना सुदृढ बनाउने विश्वास लिइन्छ।

घटस्थापनाको हार्दिक मंगलमय शुभकामना !

— डा. अतुलेश चौरसिया
कन्सल्टेन्ट छाला रोग विशेषज्ञ

स्वस्थ छाला, उज्यालो व्यक्तित्व।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *