बारा:हतियारसहित पाँचजना पक्राउ।

समाचार

 

बारा, २३ कात्तिक । बारा प्रहरीले सिम्रौनगढ ११ बाट दुई पेस्तोल र दश थान गोलीसहित पाँचजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्ने जिल्ला बारा सिम्रोनगढ नगरपालिका वडा नं.११ भगवानपुर बस्ने ४० वर्षीय उपेन्द्र पटेल, २७ वर्षीय धिरेन्द्र पटेल, ६२ वर्षीय रुपलाल पटेल, रौतहट जिल्ला बौधीमाई नगरपालिका वडा नं.२ बस्ने ४४ वर्षीय राजमंगल पटेल र ८० वर्षीय शाेभा राउत रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।

 

बारा जिल्ला सिम्रौनगढ नगरपालिका वडा नं.११ भगवानपुर बस्ने रूलाल पटेलको छोरा उपेन्द्र पटेलले आफ्नो घर कोठामा अबैध रुपमा हतियारसहित मानिस लुकिछिपी बसेको सूचना पाएर गएको ईलाका प्रहरी कार्यालय सिम्रौनगढको प्रहरी टोलीले घर खनतलासी गर्दा कालो रंगको पोलिथिन झोला भित्र सेतो कपडाले बेरी लुकाई छिपाई राखेको एउटा नलकटुवा पेस्तोल सहित एक थान गोली र एउटा रिभाल्वर सहित सात थान गोली बरामत गरिएको हो । यो संगै प्रहरीले केएफ लेखिएको जंगी राउण्ड दुई थान गोली बरामद गरिएको बाराका प्रहरी नायब उपरिक्षक न्यौपानेले जानकारी दिए।

पक्राउ परेकालाई हातहतियार तथा खरखजाना ऐनअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *