रसीद आलम,बिरगंज ,१६ पुस ।
सशस्त्र प्रहरी बल नं १३ गण पर्सा र मातहतका युनिटले सोमबार पर्साको विभिन्न ठाउँहरुबाट भन्सार छलिएका चोरि तस्करीका विभिन्न सामान प्याज, कुर्ता सरवाल, थानको कपडा लगायत काँस जस्तो देखिने धातु तथा एउटा पिक अप करिब २४ लाख बराबरको बरामद गरि आवश्यक कारबाहीको लागि विरगंज भन्सार कार्यालय बुझाएको सशस्त्र प्रहरी बल पर्साले जनाएको छ।
विशेष सूचनाको आधारमा खटिएका सशस्त्र प्रहरीका टोलिले बिमनपा-२ भगुवामा भारतबाट अबैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको करिब रु.५ लाख ३२ हजार ६ सय बराबरको कपडा ,बिमनपा-१ छटघाटबाट अबैध रुपमा भन्सार छलीएका रु.६९ हजार बराबरको कपडा,बिन्दवासिनी गा.पा.-३ झौवा स्थित भारतबाट अबैध रुपमा नेपाल तर्फ ल्याउँदै गरेको रु.६१, हजार ९ सय बराबरको काँस जस्तो देखिने धातु (५४० के.जी ) र चार वटा साईकल, वीरगंज म.न.पा-१९ बर्वामा भारतबाट अवैध रुपमा भन्सार छलि प्रदेश २-०३-००१ च ५४८९ नम्बरको पिक-अप गाडिमा लोड गरी नेपालतर्फ ल्याउदै गरेको रु.१ लाख ९८ हजार बराबरको ३३०० के.जी. प्याज र मुल्य रु. १५ लाख बराबरको पिक अप गाडि सहित पक्राउ गरिएको सशस्त्र प्रहरी बल पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी ) सङ्गम श्रेष्ठले जनाएका छन ।
पक्राउ गरिएका सो विभिन्न अबैध सामानहरु तथा पिक अपको जम्मा रु. २४ लाखको मूल्याकंन गरि आवश्यक कारबाहीको लागि विरगंज भन्सार कार्यालय बुझाएको सशस्त्र प्रहरी बल पर्साका डिएसपी श्रेष्ठले बताएका छन् ।
