बारा: करोडौं मुल्य बराबरको समानसहित ३ वटा ट्रक पक्राउ।

समाचार

रसीद आलम,बारा, ६ फागुन ।

बारा प्रहरीले अमलेखगन्ज र पथलैया चोकबाट ३ वटा ट्रकहरुलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले जितपुर सिमरा उपमहानगरपालिका-२१ अमलेखगन्ज चोकबाट दुई वटा र पथलैया चोकबाट एउटा मालबाहक ट्रक नियन्त्रणमा लिएको हो। प्रहरीले शुक्रबार राति ११ बजे ना७ख १६५२ नम्बरको ट्रक र ना८ख ४१६५ नम्बरको ट्रक नियन्त्रणमा लिएको थियो।

ट्रकमा चाबीमा प्रयोग हुने प्याड लक र कस्मेटिक सामान थिए। एउटा ट्रकमा दुई करोड ५० लाख ६३ हजार १२२ रुपैयाँ र अर्को ट्रकमा ३३ लाख २६ हजार ८६७ रुपैयाँ बराबरको सामान भेटिएको बारा प्रहरीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक बिरेन्द्रराज गुरुङले बताए।

ती ट्रकलाई रोकेर चेकजाँच गर्दा बिल बिजकभन्दा बढीको सामान फेला परेको थियो। यस्तै, प्रहरीले बिहीबार पथलैया चोकबाट अर्को ट्रक नियन्त्रणमा लिएको छ। वीरगन्जबाट काठमाडौं जाँदै गरेको ना८ख ७२४४ नम्बरको मालबाहक ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो।

राति करिब १२ बजे प्रहरीले करिब ७७ लाख ६ हजार २६४ रुपैयाँ बराबरको खुद्रा सामान बोकेको ट्रक नियन्त्रणमा लिएको हो। ट्रकमा बिल बिजकभन्दा बढी स्रोत नखुलेको सामान फेला परेको गुरुङले  बताए । तीनवटै ट्रक राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको बारा प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *