बिरगंज ,१३ फागुन ।
पर्सा प्रहरीले लागु औषध गाँजा १ के.जी.१०० ग्राम सहित एक जना मानिसलाई पक्राउ गरेको छ।
फागुन १२ गते बिहान् १०:०० बजेको समयमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नं.१९ तिलावे पुल स्थित सडकखण्डमा अस्थायी प्रहरी चौकी विन्दवासिनीबाट खटिएको चेकिङ टोलीले सवारी साधन तथा पैदल यात्रीहरूलाई जाँच गर्ने क्रममा गाँजा सहित साईकलमा सवार बहुदरमाई नगरपालिका वडा नं.९ बिश्रामपुर बस्ने वर्ष ५५ को मोखु राउत कुर्मीलाई नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ।
कुर्मीको शरीर खानतलासी गर्दा निजले आफ्नै शरीरमा लुकाइ छिपाइ राखिएको लागु औषध गाँजा १ के.जी.१०० ग्राम फेला परेको हुँदा नियन्त्रणमा लिईएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डिएसपी )कुमार बिक्रम थापाले जनाएका छन् ।
निज विरुद्द लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको डिएसपी थापाले बताए ।
