सशस्त्र प्रहरी बल पर्साको ठुलो सफलता ,प्रस्तावित सिमा सुरक्षा गुल्म अलौद्वारा १ करोड १० लाख बराबरको कपडा र ट्रक पक्राउ।

समाचार

रसीद आलम,बिरगंज ,१३ फागुन ।

सशस्त्र प्रहरी बल पर्साले ७० लाख बराबरको अबैध कपडा सहित एउटा  ट्रक पक्राउ गरेको छ।

फागुन १२ गते पर्साको बिरगंज महानगरपालिका -२५ बहुअरीबाट ना.८ ख.३९७८ नम्बरको ट्रक पक्राउ गरिएको सशस्त्र प्रहरी पर्साले जनाएको छ।

सशस्त्र प्रहरी बल न.१३ गण पर्साको मातहत प्रस्तावित सिमा सुरक्षा गुल्म अलौका गुल्मपती सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी ) प्रदीप थापाको कमान्डमा खटिएको टोलीले विशेष सूचनाको आधारमा काडमाण्डौ तर्फ जादै गरेको अवस्थामा चेकजाँच गर्दा विल विजक संकास्पद देखिएकोले सो ट्रकलाई नियन्त्रणमा लिएको अलौ गुल्मले जानकारी गराएको छ।

नियन्त्रणमा लिएको कपडाको अन्दाजी बजार मुल्य रु. ७० लाख तथा ट्रकको रु.४० लाख गरी जम्मा रु.१ करोड १० लाख बराबरको मुल्यांकन गरि आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको सशस्त्र प्रहरी बल पर्साका प्रवक्ता तथा सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी ) सङ्गम श्रेष्ठले बताएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *