प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजद्वारा करिब २ लाख बराबरको भन्सार छलिएका समानहरु बरामद ।(भिडियो सहित)

समाचार

रसीद आलम,पर्सा,२४ फागुन ।

सशस्त्र प्रहरी बल नेपाल न.१३ गण पर्सा मातहत प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजले १ लाख ८३ हजार बराबरको भन्सार छलीएका अबैध समान बरामद गरेको छ।

बिहीबार पर्साको बिरगंज महानगरपालिका-१६ भन्सार मेनगेट स्थित प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजका गुल्मपती सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र बहादुर सिंहको कमान्डमा खटिएको टोलीले अबैध रुपमा साईकलमा लोड गरी भारतबाट नेपालतर्फ ल्याउदै गरेको किराना सामान¸कपडा¸हार्ववयर तथा मोटरपार्टसहरुलाई पक्राउ गरिएको सशस्त्र प्रहरी पर्साले जनाएको छ।

 

सशस्त्र प्रहरीका चेकिङ्ग टोलि देखी तस्करहरुले समान छाडी साईकल लिई भागी गएको हुदाँ उक्त तस्करीका सामानहरु बरामद गरी भन्सार मुल्य रु.१ लाख ८३ हजार ४ सय १० बराबरको मुल्यांकन गरि आवश्यक कार्यवाहीको लागि   बिरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको सशस्त्र प्रहरी बल पर्साका प्रवक्ता तथा सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी )सङ्गम श्रेष्ठले बताएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *