प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्रीले दलसम्बन्धि बिधेयक पेश गर्ने

राजनीति समाचार

काठमाडौं, २७ चैत । प्रतिनिधिसभाको बैठक बस्दैँछ।

 

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ ।

 

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल  दाहाल प्रचण्डले राष्ट्रिय प्राकृतिक स्रोत तथा बित्तिय आयोगको पाँचौं बार्षिक प्रतिवेदन २०८० पेश गर्नेछन् ।

 

संघीय संसद सचिवालयका अनुसार उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले ‘अन्तराष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को स्थापनासँग सबन्धित सम्झौता’ को प्रावधान माथी सदनमा छलफल गरियोस र अनुमोदन गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

 

उप प्रधानमन्त्री एवमं गृह मन्त्री रवी लामिछानेले ‘राजनीतिक दल सबन्धी (दोस्रो संसोधन) बिधेयक माथी बिचार गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन

 

साथै, उधोग, बाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारीले राष्ट्रियसभामा उत्पति भएको ‘बिधुतीय ब्यापार बिधेयक २०८० माथी बिचार गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेले सार्बजनिक गरेको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *