मकवानपुरमा १२५ किलो गाँजा सहित एक युवक पक्राउ

समाचार

मकवानपुर, १ भदौ  ।
मकवानपुर प्रहरीले ठूलो मात्रामा लागूऔषध गाँजा बरामद गर्दै एक युवकलाई पक्राउ गरेको छ।

मकवानपुरको हेटौडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोइन्टमा शनिबार  बिहान करिब ८:१५ बजे प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले बा.२१ च ३०८५ नम्बरको योद्धा पिकअप गाडी चेकजाँच गर्ने क्रममा १२५ किलो गाँजा बरामद गरेको हो।

मनहरीबाट जितपुरतर्फ जाँदै गरेको उक्त गाडीलाई रोकेर खानतलासी गर्दा पछाडिको भागमा लुकाइ–छिपाइ राखिएको अवस्थामा ११ वटा पोकोमा गाँजा भेटिएको प्रहरीले जनाएको छ।

सोही गाडी चालक धादिङको गल्दी गाउँपालिका–८ बस्ने ३१ वर्षीय रामबहादुर तामाङलाई पक्राउ गरी लागूऔषध सम्बन्धी मुद्दामा मकवानपुर जिल्ला अदालत हेटौडाबाट म्याद अनुमती लिइ थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जानकारी दिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *