पर्सा : कपडा लोड रहेको भारतीय नम्बरको मालवाहक ट्याक्टर र पिकअप पक्राउ।

समाचार

रसीद आलम ,बिरगंज ,१३ बैशाख।

बिल बिजक भन्दा बढी कपडाहरु लोड रहेको भारतीय नम्बरको मालवाहक ट्याक्टर र पिकअप पर्सा प्रहरीले पक्राउ गरेको छ।

बुधबार बेलुका ५:३० बजे विभिन्न किसिमका लत्ताकपडाहरू बोकेको माल वाहक पिकअप र ट्याक्टर आईसिपीबाट वीरगञ्जतर्फ जाँदै गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको चेकिङ टोलीले वीरगञ्ज महानगरपालिका वडा नं.२५ अलौ स्थित सडकखण्डबाट बिआर ०५ जिए ९०४२ नम्बरको मालवाहक पिकअप र बिआर२२ क्यु ७७२७BR नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ।

सो गाडीहरुमा ४० लाख ३६ हजार २ सय १ रुपैयाँ बराबरको विभिन्न किसिमका कपडाहरू लोड रहेको पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी ) कुमार बिक्रम थापाले जानकारी दिए।

चेकजाँचको क्रममा प्रज्ञापन पत्र र अनलाइन भिसिटिएस सन्कास्पद रहेकाले सो भारतीय नम्बरको मालवाहक पिकअप र ट्याक्टरलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको डिएसपी थापाले जनाए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *