बिरगंज ,१३ बैशाख।
पर्साको बिरगंज महानगरपालिका २५ मौजे सिर्सिया सडक खण्डमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको र अन्य ३ जना घाइते भएका छन् ।
बिहीबार बिहान्१०:४० बजेको समयमा बिरगंज महानगरपालिका २५ मौजे सिर्सिया सडक खण्डमा सिर्सियाबाट ड्राईपोर्ट तर्फ आउँदै गरेको ना १८ प ९८१६ नम्बरको मोटरसाइकल र ड्राईपोर्टबाट सिर्सिय तर्फ जाँदै गरेको ना ३१ प ३८३५नम्बरको मोटरसाइकल एक आपसमा ठोकिदा एक जनाको मृत्यु भएको र अन्य ३ जना घाइते भएको पर्सा प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा ना ३१ प ३८३५ नम्बरको मोटरसाइकल चालक मौजे सिर्सिया बस्ने देवनाथ रावत कुर्मीको छोरा बर्ष २५ को अर्जुन पटेल रहेको प्रहरीले जानकारी गराएको छ।
गम्भिर अवस्थामा घाइते रहेको अर्जुन पटेलको उपचारको क्रममा मृत्यु भएको पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी ) कुमार बिक्रम थापाले जानकारी दिए।
घाइते भएका मौजे सिर्सियाका जितेन्र्द पटेलको छोरा बर्ष २० को आकाश पटेल, निरज चर्तुवेदीको छोरा बर्ष १५ को कनैया चर्तुवेदी र मदन पटेलको छोरा बर्ष १५ को सामा पटेलको उपचार भैरहेको डिएसपी थापाले बताए ।
